काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीलाई नेम्वाङले भने– एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसद्‌मा ल्याइदिनुस्

11.32K
shares

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसंविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा भएका सबै पत्र सार्वजनिक गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । 

६४औँ संसद् दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले प्रधानमन्त्रीसँग एसपीपीका सम्बन्धमा सुरुवातदेखि अहिलेसम्म भएका सबै पत्र सार्वजनिक गर्न माग गरेका हुन् । 

उनले एसपीपीका विषयमा संसद्‌मा गम्भीर प्रश्न उठेकाले त्यसमा को–को संलग्न छन् प्रष्ट पार्नका लागि पनि रक्षा मन्त्रालय र नेपाली सेनाले पठाएका पत्र संसद्‌मा सार्वजनिक गर्नुपर्ने बताए । 

‘एसपीपीलाई लिएर हाम्रा पार्टी अध्यक्षलाई जोडिएको पनि छ । उहाँ प्रधानमन्त्री भएको १५औँ दिनमा नै सेनाले पत्र पठाएको छ । त्यो ठिक थियो या थिएन, तर प्रश्न उठ्ने त भयो नै । उहाँले पनि मैले पत्र लेख्न लगाएको होइन भन्नुभएको छ । तर, सबै सरकारका पालमा पत्र गएको देखिन्छ । अब प्रधानमन्त्रीलाई म आग्रह गर्दछु, सेनाले पठाएका पत्र, रक्षा मन्त्रालयमा भएका पत्रहरु सबै संसद्‌मा प्रस्तुत गरिदिनुस् न ! को–को संलग्न छन् भन्ने प्रष्ट भइहाल्छ,’ उनले भने ।