काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

केपी ओली र वामदेव गौतमबीच भेटवार्ता

13.08K
shares

 नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । 

ओली निवास बालकोटमा बिहीबार दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । एमाले विभाजनपछि  ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । 

कम्युनिस्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन् । नयाँ पार्टी घोषणा भएको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् । 

‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनुभएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने ।