काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

10.02K
shares

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको छ । 

राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त कम्पनीलाई प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको हो । अब कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति दिएपछि एकीकृत कारोबार प्रक्रिया अघि बढ्ने छ । 

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात् नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले प्राप्तिपछि बन्ने नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।

दुवै कम्पनीको गएको ७ जेठमा बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेको थियो ।