घट्यो सुनचाँदीको मूल्य
वि.सं.२०७९ असार १६ बिहीवार १७:२८
shares

बिहीबार सुन-चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ घटेको हो । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा पाँच रुपैयाँ घटेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस १८ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

























