गृहपृष्ठ झम्सिखेलमा ट्राफिक लाइट उद्घाटन
झम्सिखेलमा ट्राफिक लाइट उद्घाटन
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर प्रालिसँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी उमेश राज जोशीले बिहीबार उक्त नयाँ ट्राफिक लाइटको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए ।
कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाको मुख्य ४० चोकमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परीक्षण गरि सञ्चालनको प्रक्रियामा रहेको र ७ स्थानमा जडान कार्य भइरहेको महाशाखाले जनाएकाे छ ।
प्रकाशित समय : १७:०९ बजे

















