गृहपृष्ठ एनएमबी बैंक र टानबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता
एनएमबी बैंक र टानबीच समझदारी, डिजिटल भुक्तानीमा सहजता
एनएमबी बैंक र ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)बीच डिजिटल सेवालाई प्राथमिकता दिने विषयमा समझदारी भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुम बहादुर सुवेदीले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीपछि अब टानका सदस्यहरुले एनएमबी बैंकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबी बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवेजस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आइरहेको छ । उक्त सेवाहरुले गर्दा टानका सदस्यहरुलाई व्यापार व्यवसायमा सहजीकरण हुने विश्वास बैंकले लिएको छ ।
एनएमबी बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ । एनएमबी बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रकाशित समय : १७:०२ बजे

















