गृहपृष्ठ लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस

लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस

लगानीकर्ताका लागि सिद्धार्थ बैंकको उच्च बोनस

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

यसअनुसार बैंकले सेयरधनीलाई करिब १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, करसहितको नगद लाभांश पनि करिब १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बराबर हुनेछ।

बैंकले कुल चुक्तापुँजीको २० प्रतिशत लाभांश प्रस्ताव गर्दा बोनस र नगद लाभांशको हिस्सा बराबर राखेको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजीसमेत वृद्धि हुनेछ।

त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु