nmb bank

गृहपृष्ठ पर्यटन क्षेत्र प्रवर्द्धन गरिने छ : मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्र प्रवर्द्धन गरिने छ : मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्र प्रवर्द्धन गरिने छ : मन्त्री श्रेष्ठ

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

मन्त्रालयमा आज पदवहालीका क्रममा उनले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताए ।

मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र  संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, ‘यस मन्त्रालयमा राष्ट्रिय गौरबका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।’ 

उनले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा  मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको स्वागत गरेका थिए ।

प्रकाशित समय : २३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु