global ime bank Long Banner Ad

गृहपृष्ठ खुला महिला भलिबल भोलिदेखि

खुला महिला भलिबल भोलिदेखि

खुला महिला भलिबल भोलिदेखि

बागमती प्रदेश खेलकुद विकास परिषद् तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा न्यू डायमन्डसहित नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब र काठमाडौँको परोपकार आदर्श मावि गरी ४ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक कुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । राउन्ड रोविनमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । तेश्रो र चौथोले तेश्रो स्थानका लागि खेल्ने छन् ।

शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले २५ हजार नगद पुरस्कार प्राप्त गर्दा विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित समय : २३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु