बेलारुसलाई परमाणु क्षमतायुक्त क्षेप्यास्त्र दिने पुटिनकाे घाेषणा
वि.सं.२०७९ असार १२ आइतवार १८:४५
shares

रुसले बेलारुसलाई परमाणु क्षमता भएको छोटो दुरीको क्षेप्यास्त्र प्रदान गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जानकारी दिएका छन् । उनले ‘इस्कान्डेर-एम’ सिस्टमले ‘बालिस्टिक र क्रुज मिसाइल पारम्परिक र परमाणु क्षमतासहित’ प्रहार गर्न सक्ने बताए ।
यसको दायरा ५ सय किलोमिटर रहेको बताइएको छ । गत फेब्रुअरी २४ मा युक्रेनमाथि हमला गरेपछि रुस र पश्चिमा राष्ट्रहरूबीच तनाव बढ्दो छ । त्यसयता पुटिनले परमाणु हतियारबारे धेरै पटक चर्चा गरेका छन् । यसलाई पश्चिम राष्ट्रहरुलाई हस्तक्षेप नगर्न चेतावनीको रूपमा व्याख्या गरिएको छ ।
सेन्ट पिटर्सबर्गमा बोल्दै पुटिनले बेलारुसको एसयू-२५ युद्धविमानहरुलाई परिष्कृत गरेर परमाणु हतियार बोक्ने क्षमताको बताउन मद्दत गर्ने बताएका छन् ।
























