काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु

507
shares

उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको दङ्गामा नौ कैदी र एक परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको छ भने १६ कैदी घाइते भएका छन् ।

बन्दरगाह सहर माजाट्लानस्थित उक्त कारागारमा परिवारका सदस्य भेट्न आएका बेला दङ्गा भड्किएको राज्यका अधिकारीहरूले बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार झडपका क्रममा कैदीहरूले बन्दुकसमेत प्रयोग गरेका थिए । घटनापछि सेना, नौसेना, राष्ट्रिय सुरक्षा गार्ड र राज्य सुरक्षा बल परिचालन गरिएको थियो । करिब एक हजार ८०० कैदी रहेको कारागार अहिले नियन्त्रणमा रहेको अधिकारीहरूले जनाएका छन् ।

विश्लेषकहरूका अनुसार कारागारमा अत्यधिक भीड, अपर्याप्त कर्मचारी र भ्रष्टाचारले हिंसा बढाएको छ । यसअघि गत मे महिनामा सिनालोआको राजधानी कुलियाकानस्थित कारागारमा भएको दङ्गामा सात कैदीको मृत्यु भएको थियो । आधिकारिक तथ्याङ्कअनुसार गत फेब्रुअरीसम्म मेक्सिकोका कारागारमा दुई लाख ६१ हजार ३८८ कैदी थिए ।

सिनालोआमा सन् २०२४ सेप्टेम्बरदेखि लागुऔषध तस्करीमा संलग्न सिनालोआ कार्टेलका दुई गुटबीचको शक्ति सङ्घर्षले हिंसा चर्किएको छ । पूर्व लागुऔषध तस्कर जोआक्विन ‘एल चापो’ गुजमानका छोराहरूको समूह र पूर्व कार्टेल नेता इस्माइल ‘एल मेयो’ जाम्बादाका समर्थकबीचको द्वन्द्वले राज्यको सुरक्षा अवस्था बिग्रिएको हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कार्टेलविरुद्ध कडा कारबाही गर्न मेक्सिको सरकारमाथि दबाब दिँदै आएको छ ।