nmb bank

गृहपृष्ठ विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड पुगे क्यान्सर अस्पताल 

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड पुगे क्यान्सर अस्पताल 

विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड पुगे क्यान्सर अस्पताल 

सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।

उनी यतिबेला क्यान्सर रोगसँग लडिरहेका छन् । लिसङ्खुपाखर गाउँपालिका–२, सिन्धुपाल्चोक स्थायी घर भइ हाल काठमाडौँ महाराजगञ्ज निवासी तामाङले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको सफल आरोहण गरेका थिए । 

सगरमाथाको शिखर चुम्दा तामाङ मात्रै १७ वर्ष ६ महिना १५ दिनको थिए । सबैभन्दा कम उमेरमा सगरमाथाको आरोहण गरेर गिनिज बुकमा नाम लेखाउन सफल तामाङको स्वास्थ्योपचारमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन् । 

आज बिहान ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगी तामाङको स्वास्थ्यस्थितिबारे अध्यक्ष प्रचण्डले जानकारी लिए  । तामाङ विगत लामो समयदेखि क्यान्सर रोगको उपचारका क्रममा अस्पतालमा छन् । तामाङको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले चिकित्सकबाट जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले उनको विगत र अहिले भइरहेको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए । देशका लागि तामाङले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै स्वास्थ्योपचारमा सरकारका तर्फबाट सहयोग दिलाउन पहल गर्ने उनले बताए ।

प्रकाशित समय : १८:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु