काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

299
shares

काठमाडौँ ।प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कारबाही गर्न निर्देशन दिएको छन् । सभापति गजुरेलले आज साँझ गोँगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै चाडपर्वमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हुन ।

सभापति गजुरेलले यसवर्ष दशैँ तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेको भन्दै सोहीअनुसारको व्यवस्थापन मिलाउन सम्बन्धीत निकायलाई आग्रह गरे । उनले पूर्वाधार विकास समितिले दसैँ, तिहार र छठपर्वमा यात्रुहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेर उक्त उपसमितिमार्फत तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको बताए ।

सभापति गजुरेलले अध्ययन प्रतिवेदनअनुसार यात्रुको सङ्ख्याअनुसार बसको सङ्ख्या पर्याप्त रहेकाले यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्े । फूलपातीदेखि नवमीसम्मको समयमा यात्रुको चाप उच्च हुने भएकाले आवश्यकता परेमा थप बस सञ्चालनका साथै नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी निकायका सवारीसाधनसमेत प्रयोगमा ल्याउन सकिनेगरी समन्वय भइरहेको उनको भनाइ छ ।

अनुगमनका क्रममा नयाँबसपार्कभित्र डिजिटल प्रणालीमार्फत टिकट काट्दा तोकिएको दररेटअनुसार नै भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको चलानी प्रतिवेदन राखिएकाले ठगी हुने सम्भावना नरहेको पाइएको बताए । उनले आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट काट्न यात्रुहरूलाई आग्रह गरे ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले चाडपर्वको समयमा सहज रूपमा यातायातको प्रबन्ध गर्नका लागि महासङ्घ लागिरहेको बताए। नेपाल सरकारबाट तोकिएको भाडामात्र लिएर सवारीसाधन सञ्चालन गर्नका लागि महासङ्घले सबै व्यवसायीलाई निर्देशन दिइसकेको बताए।

नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले सभापति गजुरेललाई नयाँबसपार्क सञ्चालनको बारेमा जानकारी दिदै दसैँमा घर जाने यात्रुलाई अग्रिम टिकट बुकिङ गर्न १५ काउन्टर थप गरिएको बताए ।

अनुगमनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सडक बोर्ड नेपालका सदस्य अरुणकुमार श्रेष्ठ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना, नगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितलगायतको सहभागिता थियो ।