काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

598
shares

सुदूरपश्चिम ।सुदुरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरन्जन बिष्टलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ निवासी विष्ट लामो समयदेखि अधिवक्ताका रुपमा वकालत गर्दै आएको छन् ।