काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ललितपुरमा पानीपुरी बेच्न निषेध

8.06K
shares

ललितपुर महानगरपालिकाभित्र ठेलामा पानीपुरी बिक्री गर्न नपाइने भएको छ । खानेपानीमा हैजाको जिवाणु भेटिएकाले एक सातासम्म ठेलामा महानगरपालिकाभित्र पानीपुरी बेचबिखन गर्न नदिने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

उनका अनुसार नगरभित्र पानीपुरी नबेच्न माइकिङ भइरहेको छ । 'आज पहिलो दिन सम्झाउँछौ । भोलिबाट बिक्रीमा जफत गर्नेछौ,' उनले भने । एक सातासम्म अवस्था सुध्रिएमा थप बन्द नगरिने उनको भनाइ छ । अवस्था नाजुक बनेमा र थपमा हैजाको संक्रमण देखिएमा केही दिन लम्ब्याउने उनले बताए ।