global ime bank Long Banner Ad

गृहपृष्ठ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बबरमहलस्थित कार्की बैंकुटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, संगठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ ।

आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य संकट र आर्थिक संकटका विषयमासमेत छलफल गरिने छ । सँगै जिल्ला र प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ हुनेछ ।

पार्टीको प्रचार विभागका उपप्रमुख शम्भु श्रेष्ठले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी छलफल गरिने जानकारी दिए । पार्टीमा मन्त्री फेरबदलकाे विषयले अहिले रडाकाे मच्चिएकाे छ । जुन विषयमा समेत बैठकमा छलफल हुने नेताहरू बताउँछन् ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु