काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

छिरिङ शेर्पा र सरोज प्रजा बने डान्सिङ स्टार्सको विजेता

14.43K
shares

टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे । एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् ।