global ime bank Long Banner Ad

गृहपृष्ठ कास्कीको सुइँखेत डुबानमा, १५० बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

कास्कीको सुइँखेत डुबानमा, १५० बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

कास्कीको सुइँखेत डुबानमा, १५० बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

कास्कीकाे पोखरा २५ हेमजाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडानम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेका हाे ।

पहिरोले त्यहाँ विभिन्न गाई तथा पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले जानकारी दिए । तर, त्यसबारे यकिन विवरण भने नआइसकेको उनले बताए । ‘यो बस्तीमा करिब ढेडसयभन्दा बढी घर छन् । ती सबै डुबानमा परेका छन्’  उनले भने, ‘टोलबासीहरूलाई उद्धार गरिएको छ । उनीहरुको कोही आफन्तकोमा गएका छन्, भने कोहीलाई मन्दिरमा राखिएको छ ।’

पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्‍याएको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । ‘घर बगाएको छ । फार्महरु बगाएको छ । बाख्रा बगाएको छ । अन्य मानवीय क्षति हुन पाएन । तर, भौतिक क्षति धेरै भएको छ,’ उनले भने ।

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु