काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्माइल मेकर्स डेन्टल होममा विशेष छुट

11.24K
shares

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ललितपुरको गोदावरीस्थित स्माइल मेकर्स डेन्टल होमबाट उपलब्ध हुने सेवामा आकर्षक छुट पाउने भएका छन् । उक्त डेन्टल होमले दिने सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले उक्त डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।