काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योग : उद्योगमन्त्री बडू

10.61K
shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् । 'खोजौं नेपाली, रोजौं नेपाली' भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साईट एमएसएमई डटकमको बिहीबार राजधानीमा शुभारम्भ गर्दै उनले भने, 'अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन् ।'

यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा रहेको भन्दै उनले भने, 'यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के-के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ ।'

लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै उद्योगमन्त्री बडूले भने, 'इ-कमर्समार्फत स्वदेशी बस्तुको प्रवर्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाईँहरुको यो प्रयासमा सरकारको साथ रहिरहनेछ ।'

मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवर्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार  क्रियाशील रहेको बताउँदै उनले भने, 'आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको छ ।'

लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिकाे संबाहकका रुपमा रहेता पनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए । 'हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन । फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीयस्तरमा मात्रै प्रयोग हुँदै आएका छन् ।' उनले भने ।

विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै उनले महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रवर्धन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजीटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको बताए ।