आइएमई पेको ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक, एपमार्फत् भुक्तानी गर्दा १० प्रतिशत छुट
वि.सं.२०७९ असार ९ बिहीवार २३:४६
shares

आइएमई पेले प्रयोगकर्तामाझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत् भुत्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम १०० सम्म) प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अफर यही असार १० (शुक्रबार) १ दिनका लागि मात्र मान्य हुने जनाइएको छ ।
अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासब्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त नहुने विज्ञप्तिमा उल्लेख छ ।

























