काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सार्वजनिक यातायातको भाडा बढ्याे (सूची)

7.66K
shares

पेट्रोलियम पदार्थकाे मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुसार यातायात व्यवस्था विभागले भाडा वृद्धि गरेकाे हाे ।

विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा वृद्धि गरेकाे हाे । अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।

भाडा सूची :