global ime bank Long Banner Ad

गृहपृष्ठ एसीसी महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

एसीसी महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

एसीसी महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएकाे हाे ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिइन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोडिन् । कप्तान दिपिका रासंगिका र थरंगाले २/२ रन जोडिन् । नेपालकी कविता कुँवर र सबनम राईले २/२ विकेट लिइन् । अश्मिना कर्माचार्यले १ विकेट झारिन् । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो ।

समूह 'बी'मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह 'ए'मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् ।

नेपाल समूह 'बी'मा ३ खेलबाट ६ अंक जाेडेर शीर्षस्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ नेट रनरेटका कारण दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा छ । बहरानइ ३ खेलमा १ अंकका साथ चौथो र भुटान अंकबिहीन हुँदै पुछारमा छ ।

नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

प्रकाशित समय : १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु