काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा

6.8K
shares

एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्ने छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्ने छ । 

लिलामी सेयरको शिलबन्दी १६ असार बिहान ११ बजे सनराइज क्यापिटल कमलपोखरी काठमाडौँमा खोलिने छ ।