काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

6.77K
shares

नेपाली बजारमा आज सुनकाे मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।

तोलामा २०० रुपैयाँ बढेर सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम भएकाे छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार रुपैयाँ प्रतितोला थियो ।

सोमबार चाँदीको मूल्य भने यथावत् रहेको छ । आइतबारको जस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ प्रतितोला रहेको महासंघले जानकारी दिएको छ ।