global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक अफ काठमाण्डूको क्युआर सेवा तनहुँका मासु पसलहरुमा

बैंक अफ काठमाण्डूको क्युआर सेवा तनहुँका मासु पसलहरुमा

बैंक अफ काठमाण्डूको क्युआर सेवा तनहुँका मासु पसलहरुमा

बैंक अफ काठमाण्डूले व्यास नगरपालिका-३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । एक औपचारीक कार्यक्रमकाबीच तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद जोशीले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरे ।

तनहुँ मासु व्यवसायी समितिद्वारा ३२ वटाभन्दा बढी थोक तथा खुद्रा पसलबाट माछा तथा मासुहरुको खरिद बिक्री भइरहेको छ । बैंकको मोबाइल बैंकिङ प्रयोग गरी क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा विभिन्न स्थानमा विशेष छुटको व्यवस्थासमेत बैंकले गरेको छ । ग्राहकहरुले बैंकको वेब साइटमार्फत उक्त छुटबारे जानकारी लिन सक्नेछन् ।

हालसम्म बैंक अफ काठमाण्डूले १०१ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : २३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु