काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

7.45K
shares

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तुलसीपुर-५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि स्वास्थ्यराज्यमन्त्री वलीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हाे । दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्ले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएकाे जानकारी दिए ।

मन्त्री वली पीएसओसहित बस्नेतको घरमा पुगेको खुलेको बताइएकाे छ । गत वर्ष विमला वली र एकराजको अस्वाभाविक फोटोसमेत बाहिरिएको थियो ।