काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

३ सय रूपैयाँ घट्यो सुनको मूल्य

7.45K
shares

आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको प्रतिताेला मूल्य ३ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सोमबार तोलामा ३ सय रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ । चाँदी भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । याे मूल्य अघिल्लाे दिनकाे तुलनामा १५ रुपैयाँले घटेको हाे ।