global ime bank Long Banner Ad

गृहपृष्ठ रेमिटेन्सले ग्रामीण जीवनलाई सुखी तुल्याएको छ : अर्थमन्त्री

रेमिटेन्सले ग्रामीण जीवनलाई सुखी तुल्याएको छ : अर्थमन्त्री

रेमिटेन्सले ग्रामीण जीवनलाई सुखी तुल्याएको छ : अर्थमन्त्री

नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले आफ्नो स्थापनाको २२औं वर्ष प्रवेशको अवसरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेको उक्त कार्यक्रममा सरकारका विशिष्ट अधिकारीको पनि सहभागिता रहेको थियो ।

आइएमई ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेश काजी श्रेष्ठ, माइग्रेन्ट विज्ञ एवं राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका सञ्चालक एवं आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।

अर्थमन्त्री शर्माले रेमिटेन्सलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याउन खोज्दा हुण्डी कारोबार चलिरहेको थियो भन्दै थुप्रै चुनौती पार गरेर रेमिटेन्स क्षेत्रलाई यहाँसम्म ल्याइपुर्‍याउन आइएमईले गरेको योगदानको प्रशंसा गरे । सम्बोधनका क्रममा मन्त्री शर्माले रेमिटेन्सले ग्रामीण क्षेत्रको दुखी जीवनलाई सुखी तुल्याएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपमा अध्यक्ष चन्द्रप्रसाद ढकालले आफैं वैदेशिक रोजगारीमा गएका व्यक्तिले वैदेशिक रोजगारीमै गएका व्यक्तिहरूको सेवाका लागि कम्पनी स्थापना गरी आज ४०/४५ हजारको संख्यामा रोजगारी सिर्जना गरेको जानकारी दिए ।

एउटा सानो कोठाबाट सुरूवात भएको आइएमईले विगतमा भोगेका कैयन् जोखिम एवं चुनौतीहरूको स्मरण गर्दै अहिले आइएमई रेमिटेन्सको पर्यायवाची बनेको देख्दा आफू र आफ्नो टिम प्रसन्न रहेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले भने, 'अवसरको खोजीमा नेपाली यूवा विदेशिन थालेसँगै उनीहरुले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्‍याउन एउटा माध्यम चाहिएको थियो । आफ्नो दुःखले आर्जित रकमसँग मान्छेको सपना गाँसिएको हुन्छ, खुसी जोडिएको हुन्छ । त्यही सपनालाइ वास्तविकतामा परिणत गर्न, खुसीलाइ यथार्थमा बदल्न र विश्वासलाइ सार्थक तुल्याउन आजभन्दा २२ वर्षअघि आजकै दिन आइएमईको जन्म भएको थियो ।'

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका सञ्चालक एवं आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले मुलुकका खास खास अप्ठ्याराहरूमा आइएमईले आफ्नो सेवालाई प्रभावकारी ढंगले सञ्चालन गरेको सम्मानस्वरूप एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित भएको बताए ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले २१औं वर्ष पूरा गर्दै-गर्दा धेरै क्षेत्रमा सम्बन्ध स्थापित गर्ने अवसर आइएमईले प्राप्त गरेकाले विदेशमा श्रम गरेर नेपालमा रेमिटेन्स पठाउने आमसेवाग्राहीहरू, व्यवसायिक साझेदार, नियामक निकाय नेपाल राष्ट्र बैंक, सेवा तथा उत्पादनलाई सुसूचित गराइदिने मिडिया सबैसँगको सम्बन्धलाई अझ विस्तार गर्दै लैजाने बताए । उनले आगामी दिनमा झनै परिष्कृत, सरल, प्रविधियुक्त, सुरक्षित र भरपर्दो रेमिटेन्स सेवा प्रवाह गर्नका लागि प्रतिवद्ध रहेको बताउँदै २२औं वार्षिकोत्सव सम्बन्धको भन्ने मुख्य थिममा आधारित रहेर यो वर्षभरी आफ्ना कार्यक्रमहरूलाई अगाडि बढाउने बताए ।

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा स्थापना भएको हो ।

प्रकाशित समय : १६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु