काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आइजीपी नियुक्ति विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

8.11K
shares

प्रहरी महानिरीक्षक (आइजीपी) बढुवा विवाद मुद्दामाथि सर्वाेच्च अदालतमा आज सुनुवाइ हुँदैछ । ​धिरजप्रताप सिंहलाई आइजीपी बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आजका लागि पेसी तोकिएको थियो ।

सरकारले पहिलो वरियतामा रहेका एआइजी विश्वराज पोखरेललाई आइजीपी नबनाइ तेस्रो वरियताक्रममा रहेका सिंहलाई आइजीपी बनाएपछि यो विवाद अदालतमा पुगेको थियो । पोखरेलले आफूभन्दा कनिष्ठलाई आइजीपीमा नियुक्त गर्नु प्रहरी ऐनविपरित भएको भन्दै रिट दायर गरेका थिए ।

यसअघि १ महिने बिदामा बसेका पाेखरेलले पुन: बिदा थपकाे लागि दिएकाे निवेदन आइजीपी सिंहले अस्वीकृत गरिदिएका थिए ।