nmb bank

गृहपृष्ठ यू-१९ महिला विश्वकप छनोट : मलेसियामाथि नेपालको सहज जित

यू-१९ महिला विश्वकप छनोट : मलेसियामाथि नेपालको सहज जित

यू-१९ महिला विश्वकप छनोट : मलेसियामाथि नेपालको सहज जित

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ । युकेएम ओभलमा बिहीबार नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो । नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

यसअघि नै दुई खेलमा पराजित हुँदै विश्वकप पुग्न असफल भएको नेपालले सुखद नतिजासहित प्रतियोगिता सकाएको हो । पाँच खेलमा तीन खेल जित्दै ७ अंक जोडेर नेपाल तेस्रो भयो । यसअघि नै युएई र थाइल्याण्डसँग पराजित भएको नेपालले कतार भुटानलाई भने पराजित गरेको थियो ।

एसिया छनोटमा कुल ६ राष्ट्रले प्रतिस्पर्धा गरेकोमा विजेता मात्र अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ महिला विश्वकपमा छनोट हुनेछन् ।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक २८ रन बनाइन् । बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर २ विकेट लिइन् । त्यसअघि  मलेसियाको बाँगीस्थित युकेएम वाईएसडी क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ८६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर अन्जली विश्वकर्माले सर्वाधिक ३३ र आस्मा पुलामी मगरले २८ रन बनाए । ओपनर किरण कुमारी कुँवर पहिलो ओभरमा खाता नखोली आउट भएपछि अन्जली र आस्माले दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

१३ ओभरमा ५८.१ को अवस्थामा रहेको नेपालले त्यसपछिको ७ ओभरमा जम्मा २६ रन जोड्दा थप ६ विकेट गुमायो । सृष्टी जैशी, सानु राजवंशी र अनु कठायत समान ३ तथा कप्तान कृतिका मरासिनी १ रनमा आउट भइन् ।

नेपालका चार खेलाडी रनआउट भएका थिए । मलेसियाका लागि नुर अबेदुल सामेदले २ तथा एल्सा हन्टरले १ विकेट लिइन् ।

प्रकाशित समय : १७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु