काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको मूल्य बढ्याे, चाँदीको स्थिर

6.5K
shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हाे ।

यससँगै आज छापावाल सुनको प्रतितोला मूल्य ९८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएकाे छ । बिहीबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनकाे मूल्य स्थिर रहँदा चाँदीकाे मूल्य भने वृद्धि भएकाे थियाे ।