काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनकाे मूल्य ६ सय रुपैयाँले घट्यो

7.57K
shares

सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ । मंगलबार नेपाली बजारमा अघिल्लो दिनभन्दा आज छापावाला सुन तोलाकाे मूल्य ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।