गृहपृष्ठ बर्दिया घटना : गृहमन्त्रीले गठन गरे छानबिन समिति

बर्दिया घटना : गृहमन्त्रीले गठन गरे छानबिन समिति

बर्दिया घटना : गृहमन्त्रीले गठन गरे छानबिन समिति

गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर-२ मा सोमबार नबिना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री खाँणको मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, एसपी कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का सदस्य रहेका छन् ।

समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । बर्दियामा घाइते बाघको नियन्त्रणको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नविना थारूको मृत्यु भएको थियो ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु