काठमाडौंको धोबीखोलामा एक पुरुषको शव भेटियो
वि.सं.२०७९ जेठ २४ मंगलवार १६:२४
shares

काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधाराबाट कपन जाने बाटोनजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं प्रहरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ ।
























