global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कञ्चनपुरमा डिशहोम फाइबरनेटका शोरूम उद्घाटन

कञ्चनपुरमा डिशहोम फाइबरनेटका शोरूम उद्घाटन

कञ्चनपुरमा डिशहोम फाइबरनेटका शोरूम उद्घाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले महेन्द्रनगर, कञ्चनपुरमा सह-वितरण सोरुमको उद्घाटन गरेको छ । जेठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ ।

सो रुम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाले उपस्थिति रहेको थियो भने डिलरका तर्फबाट र डिलरका म्यानेजर जगदिश भट्टकोे उपस्थित थिए । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

३ सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले बताए ।

प्रकाशित समय : ०१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु