nmb bank

गृहपृष्ठ दुई वर्षपछि गरिँदै नाडा अटो शो

दुई वर्षपछि गरिँदै नाडा अटो शो

दुई वर्षपछि गरिँदै नाडा अटो शो

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यसवर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । नाडा अटो एक्स्पो समितिका सभापति अनुपकुमार बरालले यसअघि दुई वर्षसम्म कोभिड–१९ को संक्रमणका कारण गर्न नसकिएको १५औं संस्करण ‘नाडा अटो एक्स्पो-२०२२’ आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकृटीमण्डपमा आयोजना गर्न लागिएको हो । सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस्सहितको अटो शोको १५औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाइने जनाइएको छ । सीमित स्थान भएको र प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणमा अत्यधिक माग देखिएकाले यसवर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीमा दुई पांग्रे, चार पांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरणहरूलाई समूहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरूप रजिष्ट्रेशन गर्न मिल्ने नाडाले जनाएको छ । विगतका केही वर्षहरूमा कमर्सियल भेहिकल नराखिएको र धेरै अवलोकनकर्ताको चासो रहेको कारण यसपटक कमर्सियललाई पनि स्टल बुकिङ खुल्ला गरिएको छ ।

प्रकाशित समय : ००:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु