गृहपृष्ठ श्वेत गंगा हाइड्रोपावरको आइपीओ खुल्यो, आवेदन दिने मिति कहिलेसम्म ?
श्वेत गंगा हाइड्रोपावरको आइपीओ खुल्यो, आवेदन दिने मिति कहिलेसम्म ?
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आज सोमबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये आयोजनाको संरचना रहेको रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगको जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि जम्मा निष्काशन गरिने सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता बाँडफाँट गरिनेछ ।
आयोजनाको प्रसारण लाईन पर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत अर्थात् ३ लाख ९८ हजार २५० कित्ता बाँडफाँट गरिने छ । यसैगरी, रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ का बासिन्दाका लागि ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता बाँडफाँट हुनेछ ।
निष्काशन बन्द छिटोमा असार ६ गते हुनेछ भने ढिलोमा असार २१ गते हुनेछ । आइपीओमा नेपाल एसबीआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सकिने बताइएको छ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम १० हजार कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन् ।
प्रकाशित समय : १९:४८ बजे


















