nmb bank

गृहपृष्ठ यु-१९ महिला ट्वान्टी-२० छनोट : नेपालकाे सहज जित

यु-१९ महिला ट्वान्टी-२० छनोट : नेपालकाे सहज जित

यु-१९ महिला ट्वान्टी-२० छनोट : नेपालकाे सहज जित

नेपालले सोमबार आइसीसी यु-१९ महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोट प्रतियोगितामा भुटानलाई ४ विकेटले पराजित गरेकाे छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् ।

भुटानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो । ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । सानुले ३२ बलमा ५ चौकासहित अविजित ३० रन जोडेकी हुन् । साना प्रवीणले १२ रन बनाइन् । श्रृष्टि जैशीले ८, अश्मा पुलामीमगरले ३ र किरणकुमारी कुँवर तथा कप्तान कृतिका मरासिनीले समान दुई रन बनाइन् । अलिशाकुमारी यादवले २ रनमा अविजित रहिन् । भुटानकी सन्गए वाङमाेले तीन विकेट लिइन् । अन्जुली घले र सोनामले एक/एक विकेट लिए ।

त्यसअघि भुटानका लागि कप्तान चोडेन र सन्गए वाङमाेले समान ११ रन बनाए । पेमा याङचेनले ९ रन जोडिन् । इभा सोमसेल याङजोमले ७, चाडो ओमले ६, सोनामले ५ रन बनाए । नेपालका अनु कठायत, मनिषाकुमारी उपाध्याय र कप्तान कृतिका मरासिनीले समान दुई विकेट लिए । स्नेहा महराले एक विकेट लिइन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० विकेटले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो ।

भुटानको यो लगातार तेस्रो हार हो । अंकविहीन भुटान पुछारमा रहेको छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतारले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकपमा सहभागी हुन पाउने छ ।

अब नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

प्रकाशित समय : २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु