काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लक्ष्मी बैंकले पुन: सञ्चालनमा ल्यायाे हरित बचत खाता ‘ग्रीन सेभिङ’

7.4K
shares

विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिंङ’ पुन: सञ्चालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिवद्धताअनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खातावापत एउटा रुख रोप्ने जनाएकाे छ । यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ बैंकले जानकारी दिएकाे छ ।

यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’को दिगो प्रतिवद्धतालाई निरन्तरता दिने जनाएकाे छ । यसै प्रतिबद्धताअन्तर्गत बैंकले पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । साथै, ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमहरु अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्नका लागि बैंकले विभिन्न अफरहरु पनि ल्याएको छ । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनीद्वारा कुनै पनि भुक्तानी गर्दा १० प्रतिशत (प्रतिव्यक्ति ५० रूपैयाँसम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था रहेकाे छ ।

यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टसमार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जसअन्तर्गत मोबाइल मनी, डेबिट कार्ड, इन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् ।