काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दोहोरो अंकले घट्यो नेप्से

7.49K
shares

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १२.९२ अंकले र सेन्सिटिभ सूचक ३.१२ अंकले घटेको हो ।

आज घटेसँगै परिसूचक २०६५.७८ विन्दुमा आएको छ । सोमबारको कारोबारमा २ सय २८ कम्पनीको सेयर सामेल भएकामा ४४ लाख कित्ता बिक्री भएको नेप्सेले जनाएको छ । यो भनेको १ अर्ब २७ करोड ३३ लाख रुपैयाँको कारोबार हो ।

आज १३ मध्ये विकास बैंक, उत्पादन, अन्य र सामूहिक लगानी कोषको सूचक हरियो भए पनि बाँकी राताम्य छन् । बैंकिङ समूहको उपसूचक आज १.३२ प्रतिशतले घटेको छ भने व्यापार समूहको ०.१ प्रतिशतले, होटल तथा पर्यटन समूहको ०.०५ प्रतिशतले, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले निर्जीवन बिमा ०.५८ प्रतिशतले, जीवन बिमा २.०१ प्रतिशतले र व्यापार समूह ०.३१ प्रतिशतले घट्न पुगेको छ ।

आज उपकार लघुवित्त र बलेफी हाइड्रोका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै हिमालयन बैंकका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।