गृहपृष्ठ फर्पिङको जंगलमा युवक-युवती मृत फेला
फर्पिङको जंगलमा युवक-युवती मृत फेला
फर्पिङस्थित जंगलमा युवक-युवती मृत अवस्थामा फेला परेका छन् । अन्दाजी २०-२२ वर्षका युवक र युवती मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत फेला परेका युवक र युवतीको शव नजिकबाट विषादीको बट्टासमेत बरामद भएको छ । यद्यपि, उनीहरूकाे मृत्युको कारण र मृतक दुवैकाे पहिचान भने नखुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले बताए ।
उक्त क्षेत्र दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा पर्छ ।
प्रकाशित समय : १९:३९ बजे

















