global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केबलकारसँग केबलकारको सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

सो सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले पोखरा अन्नपूर्ण केबलकारमा केबलकारको सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता कार्यक्रममा बैंकका गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरु तथा अन्नपूर्ण केवलकारका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइक्लिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवा उपलब्ध छ ।

प्रकाशित समय : १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु