थप १३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमणमुक्त
वि.सं.२०७९ जेठ २२ आइतवार २३:५१
shares

पछिल्लो २४ घण्टामा देशभर १३ जना कोराेना संक्रमित थपिएका छन् । २ हजार ६३४ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ११० पुगेको छ । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी, आज ११ हजार ९७३ जनाले कोभिड विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
























