गृहपृष्ठ आइतबारको विदेशी मुद्रा विनिमय दर यस्तो छ
आइतबारको विदेशी मुद्रा विनिमय दर यस्तो छ
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ७९ पैसा र बिक्री दर १५६ रुपैयाँ ५४ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९२ पैसा र बिक्री दर ३४ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : १२:२८ बजे

















