global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन

ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन

ज्योति विकास बैंकको त्रिशुली कोलोनी विस्तारित काउन्टर उद्घाटन

ज्योति विकास बैंकले बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको बिहीबार औपचारिक उद्घाटन गरेको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।

विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेक थिए । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहक तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR Code, नि:शुल्क डलर कार्ड जारी, नि:शुल्क डिम्याट खाता, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन, नि:शुल्क डेबिट कार्ड, नि:शुल्क मोबाइल बैंकिङ सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दति निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने भएको छ ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : ०१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु