गृहपृष्ठ यौन दुर्व्यवहारको आरोपमा होस्टेलका वार्डेन पक्राउ

यौन दुर्व्यवहारको आरोपमा होस्टेलका वार्डेन पक्राउ

यौन दुर्व्यवहारको आरोपमा होस्टेलका वार्डेन पक्राउ

होस्टेलमा बस्दै आएका तीन छात्रामाथि यौन दुर्व्यवहार गरेकाे आरोपमा जाेरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको जाहेरी परेपछि प्रहरीले वार्डेन बस्नेतकाे खोजी सुरु गरेको थियो ।

उजुरीपछि भागेर रामेछाप पुगेका वार्डेनलाई रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताए । प्रवक्ता मैनालीका अनुसार बस्नेतलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

आरोपी वार्डेनलाई पक्राउ नगरिएको भन्दै छात्रा र अभिभावकले आन्दोलन गरेका थिए । उनीहरूले शिक्षालयअगाडि नाराबाजी गर्दै आरोपी वार्डेनलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

प्रकाशित समय : ००:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु