गृहपृष्ठ रुपन्देहीको रोहिणी नदीको पुलबाट बस खस्यो, ९ जनाको मृत्यु
रुपन्देहीको रोहिणी नदीको पुलबाट बस खस्यो, ९ जनाको मृत्यु
रुपन्देहीको रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ ।
बसमा ३३ जना सवार रहेका थिए । बस रुपन्देहीको रोहिणी गाउँपालिका-४ र ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो । तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।
घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रकाशित समय : १२:५१ बजे
















