काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देहीको रोहिणी नदीको पुलबाट बस खस्यो, ९ जनाको मृत्यु

10.67K
shares

रुपन्देहीको रोहिणी नदीको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४ः३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले जनाएको छ । लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ ।

बसमा ३३ जना सवार रहेका थिए । बस रुपन्देहीको  रोहिणी  गाउँपालिका-४ र  ओमसतिया गाउँपालिका-४ को सीमामा रोहिणी नदीमा खसेको हो । तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।

घाइतेहरुको प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको छ । उनीहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।