काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

1.24K
shares

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

पत्रकार श्रेष्ठका तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो । रिटमा बिनाआधार पक्राउ गरिएको भन्दै उनलाई थुनामुक्त गर्न माग गरिएको छ । बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियोे । काठमाडौँ जिल्ला अदालतले बिहीबार उहाँलाई प्रहरी हिरासतमा राख्न तीन दिनको अनुमति दिएको छ ।