काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

7.07K
shares

नेपाली बजारमा लगातार दाेस्राे दिन पनि सुनकाे मूल्यमा वृद्धि भएकाे छ । आज  शुक्रबार बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुन तोलामा ९ सय रुपैयाँले बढ्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको हो ।

 बिहीबार छापावाल सुनको मूल्य अघिल्लाे दिनकाे तुलनामा प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएर ९७ हजार ६ सय रुपैयाँमा काराेबार भएकाे थियाे । यस्तै आज तेजाबी सुनको मूल्यसमेत प्रतितोला ९ सय रुपैयाँ नै बढ्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा २५ रुपैयाँले बढेकाे छ । आज चाँदी प्रतिताेला एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।